पूर्वी नवललपरासीको हुप्सेकोट गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ६ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसले ५ वटा वडामा जित हात पारिसकेको छ । अहिले हुप्सेकोट ४ को मत गणना चलिरहेको छ । यो हुप्सेकोट गाउँपालिकाको सबैभन्दा ठूलो वडा हो । कम्तिमा पनि आज रातिसम्ममा हुप्सेकोट ४ को पनि अन्तिम मत परिणाम आउने अनुमान गरिएको छ । बुलिङ्गटार र बौदीकाली गाउँपालिकामा आफ्नो विरासत गुमाइसकेको नेपाली काँग्रेसले हुप्सेकोटमा भने आफ्नो विरासत जोगाउन सक्छ या सक्दैन सबैको चासो बढेको छ।
त्यसो त ४५२ मत अन्तरले हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ । अब मतगणना भईरहेको वडा यस अघि करिब डेढ सय मत अन्तरले एमालेले जितेको वडा हो । यहाँ एमालेले ४५३ मन्तरले अग्रता कायम गर्न सके मात्र एमालेले जित निकाल्न सक्छ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका अध्यक्ष लक्ष्मी पाण्डेले ४९२० मत प्राप्त गरेका छन् भने एमालेका चेतन रानाले ४४६८ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै पूर्णसिंह राना मगरले ५१३८ मत प्राप्त गरेका छन् भने एमालेका मनि पाण्डेले ४४३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसको जित पक्का जस्तै भईसकेको छ भने अध्यक्षमा आज साँझसम्म कुर्नु पर्ने देखिन्छ ।