गैँडाकोट नगरपालिकाकी निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले आफ्नो फेसबुक मार्फत पत्रकारहरुलाई कुकुरको संज्ञा दिएको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले भत्सना गरेको छ।

स्थानीय तहको निर्वाचन २०७९ लाई सफल बनाउन दिन रात नभनि खटिएका पत्रकारहरुलाई यस अघि पनि अभद्र व्यवहार गर्ने गरेको भनि महासंघमा गुनासो आएको महासंघका सचिव बिष्णु प्रसाद गौडेलद्धारा जारि बिज्ञप्तीमा जनाईएको छ।गैँडाकोटको निर्वाचन अपडेटका निमित्त खोलिएको म्यासेन्जर ग्रुपबाट समेत पत्रकारलाई छानीछानी ब्लक गर्ने र ग्रुपबाट हटाउने खालका व्यवहार समेत मुनाकमीले गरेको भन्दै नवलपुरका पत्रकारहरूले पत्रकार महासंघ नवलपुरमा गुनासो गरेका थिए।
मुनाकमीले फेसबुकमा लेखेको स्टाटसनिर्वाचन सम्वन्धी समाचार संकलनमा समेत सहजिकरण नगरेको भनि पटक पटक आएका गुनासोहरुलाई मौखिक रुपमा अनुरोध गरि केहि सहज वनाइएको भए पनि पुन: फेसवुक मार्फत पत्रकारहरुलाई लक्षीत गरि तुच्छ शव्दले गालि गर्नाले निज दिपशिखा मुनाकमीको कृयाकलाप वाट सिंगो सञ्चार जगत दुखि भएको छ।जनतालाई सहि सुचना दिन दिनरात खटिने पत्रकारहरुको मानमर्दन हुने गरि गरिएको उक्त कृयाकलापको नेपाल पत्रकार महासंघ जिल्ला शाखा घोर निन्दा र भत्सना गर्दछौँ।विज्ञप्तिमा भनिएको छ ” नेपाल सरकारको जिम्मेवार निकायमा कार्यरत सार्वजनिक पदधारण गरेको व्यक्तिवाट भएको यस्तो किसिमको कृयाकलाप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा मौन वस्न नसक्ने स्पष्ट पार्दै यस्ता कार्य तत्काल रोक्न अनुरोध गर्दछौँ।