घरHeadlineपक्राउ परे ‘मिदी प्रहरी’ भन्ने भाइरल युवक

पक्राउ परे ‘मिदी प्रहरी’ भन्ने भाइरल युवक

काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो ।

भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे पनि कसैले केही गर्न नसक्ने बताएका थिए । उनले बनाएको रमाइलो भिडियो सयौंले शेयर गरेका थिए ।

भाइरल भएपछि अनुसन्धान थालेको प्रहरीले रेग्मीलाई पक्राउ गरेर हिरासतमा राखेको कपिलवस्तुका एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिकरुपमा गाँजा खाने र खुवाउने कुरा गरेपछि पक्राउ गरिएको हो ।उनले एक जना आफन्तको छोराको पोशाक लगाएर भिडियो खिचेको पाइएको छ । म्यादी प्रहरीमा भर्ना हुनलाई कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया