कावासोती, बैशाख २०

गठबन्धनले महिलालाई उपेक्षा गरेको एमालेबाट कावासोतीका उप मेयर पदमा उम्मेदवार फुल कुमारी थनेतले बताउनुभयो ।
आज कावासोती ३ मा भएको घरदैलो कार्यक्रममा बोल्दै उहाँले संविधानमा पालिकाको प्रमुख वा उप प्रमुख मध्ये कुनै एक पदमा अनिवार्य महिला रहनुपर्ने प्रावधान गरेको भएपनि गठबन्धन गरि महिला उम्मेदवार शून्य बनाई महिलालाई निषेध गरेको बताउदै सबै महिला यस विषयमा सचेत हुनुपर्ने बताउनु भयो ।
मुख्य पदमा महिला नहुदा महिलाका समस्या सुन्ने कोहि नहुने बताउनुभयो । महिलाका आफ्ना विषय, समस्याहरु हुन्छन् त्यो सहज रुपमा सुन्न मुख्य पदमा महिला अनिवार्य हुनुपर्छ सबै महिलाहरू यस विषयमा सचेत हुनुपर्छ ।
कार्यक्रममा बोल्दै उप मेयर पदका उम्मेदवार फुल कुमारी थनेतले आफुहरुको जित पश्चात् कावासोतीको योजनावद्व विकासमा लाग्ने बताउनुभयो । कावासोतीको विकास,समृद्धिका लागि एमालेको जित आवश्यक रहेको बताउदै एमालेका सबै उम्मेदवारलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो ।