घरHeadlineबौदीकाली गाउँपालिकामा अध्यक्ष पदका लागि केबि राना मगरलाई उमेदवार घोषणा

बौदीकाली गाउँपालिकामा अध्यक्ष पदका लागि केबि राना मगरलाई उमेदवार घोषणा

नवलपुर । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि नेपाली कांग्रेस नवलपुरले सबै पालिकाका प्रमुख/उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ ।

यसै सन्दर्भमा नवलपुरको बौदीकाली गाउँपालिकाको पनि जिल्ला कमिटिले टुङ्गो लगाएको छ । नेपाली कांग्रेसबाट बौदीकाली गाउँपालिकामा अध्यक्ष पदका लागि केबि राना मगरलाई उमेदवार घोषणा गरिएको छ ।

यस्तै उपाध्यक्षका लागि भने धनकान्ति घिमिरेलाई उमेदवार घोषणा गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपुरले जनाएको छ । नेकपा एमालेले भने बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षको लागि दिल कुमारी सारुमगरलाई उम्मेदवारी घोषणा गरिसकेको नेकपा एमाले नवलपुरले जानकारी दिएको छ ।

के बि राना एक सफल सञ्चारकर्मी एबँम सञ्चार उध्धमी हुन उनी मध्य नेपालकाे पहिलाे टेलीभिजन ” देबचुली टेलीभिजन “का प्रमुख सँगै नेपाल प्रेस युनियन का पुर्ब केन्द्रीय सचिव समेत रहेका छन । ग्रामीण क्षेत्रकाे समृद्ध बिकास र उन्नयनका निमित्त अाफ्नाे उमेदवारी रहेकाे कुरा अनलाइन सेरोफेरो सँगकाे कुराकानीमा उनले बताए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया