घरHeadlineकावासोतीमा एमालेबाट नगर प्रमुखमा विष्णु भुसाल र गैडाकोटबाट छत्रराज पौडेल

कावासोतीमा एमालेबाट नगर प्रमुखमा विष्णु भुसाल र गैडाकोटबाट छत्रराज पौडेल


नवलपुरको कावासोतीमा नेकपा एमालेबाट नगर प्रमुखमा विष्णु भुसालले उमेदवारी दिने भएका छन् ।एमाले स्रोतका अनुसार कावासोतीमा एमालेले नगर प्रमुखमा विष्णु भुसाल र नगर उपप्रमुखममा फूलकुमारी महतोलाई उमेदवारको रुपमा अघि सारेको छ ।त्यसैगरी गैडाकोट नगरपालिकाबाट छत्रराज पौडेललाई उमेदवारको रुपमा अगाडि सारेको छ । एमालेले गैडाकोट र कावासोतीमा भोलि मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।एमालेले यस अघि मध्यविन्दुबाट नगर प्रमुखमा भिमलाल अधिकारी, हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना, बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया