घरHeadlineस्थानीय चुनावको लागी आज देखि मनोनयन दर्ता

स्थानीय चुनावको लागी आज देखि मनोनयन दर्ता

बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निर्वाचन प्रक्रिया आजबाट शुरु भएको छ ।
आज अर्थात आइतबार विहान १० बजेदेखि मनोनयन दर्ता शुरु हुने छ । मनोनयन सोमबार साँझ ५ बजे सकिने छ । मनोनयन बैशाख ११ गते विहान १० बजेबाट शुरु भएर बैशाख १२ गते साँझ ५ बजे सकिने छ ।

त्यसैगरी १४ र १५ गते उजुरी माथि जाँच र निर्णय गर्ने समय तालिका राखिएको छ भने १५ गते उमदेवारहरुको नामावली प्रकाशन गरिने छ ।

बैशाख १६ गते साँझ ५ बजेसम्म उमेदवारहरुले आफ्नो नाम फिर्ता लिने समय निर्धारण गरिएको छ भने १६ गते साँझ ५ देखि ६ बजे उमेदवारहरुको अनितम नामावली प्रकाशन गरिने छ।

बैशाख १७ गते उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगको तालिकामा उल्लेख गरिएको छ।

२७ गते राति १२ बजेबाट मौन अवधि शुरु हुने छ भने बैशाख ३० गते विहान ७ बजेबाट सबै मतदान केन्द्रहरुमा मतदान शुरु हुने छ । पहिलाे  दिन मनाेनयन दर्ताका लागि फारम लगेपनि केही साना दलहरूबाट मात्र उमेदवारी परेकाे छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया