मध्यविन्दु नगरपालिकामा शुक्रबार वडा नं। २ का वडा अध्यक्ष नारायण पौडेल, ३ का वडा अध्यक्ष अमर बहादुर महतो, ८ का वडा अध्यक्ष पर्शुराम महतो थारु, वडा नं। १२ का वडा अध्यक्ष कुल बहादुर गुरुङ, वडा नं। १३ का वडा अध्यक्ष अर्जुन पंगेनी, १४ का वडा अध्यक्ष मिन बहादुर दर्लामी मगर र १५ का वडा अध्यक्ष जोग बहादुर थारुले राजिनामा दिनु भएको छ । यस्तै नगरपालिकाको विभिन्न वडाका निर्वाचित १७ जना जनप्रतिनिधिले समेत राजिनामा दिनु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनुभयो । शुक्रबार नै राजिनामा दिने तयारी गर्नु भएको मध्यविन्दु नगरपालिकाका मेयर चन्द्र बहादुर रानाले भने आज राजिनामा दिनु भएन । उहाँले आईतबार राजिनामा दिने उहाँको सचिवालयले जनाएको छ ।