घरHeadlineकावासोतीमा स्कुटी र मोटरसाईकल एकआपसमा ठक्कर खादा दुर्घटना

कावासोतीमा स्कुटी र मोटरसाईकल एकआपसमा ठक्कर खादा दुर्घटना

नवलपुरको कावासोतीमा स्कुटी र मोटरसाईकल एकआपसमा ठक्कर खादा दुर्घटना भएको छ । कावासोती .–२ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ग.प्र.०४–००१ प २५९३ नं.को मो.सा.र विपरित दिशाबाट आउदैँ गरेको लु ५३ प १८४५ नं.को स्कुटी एकआपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । मोटरसाईकल चालक कावासोती ११ बस्ने वर्ष २२ को शुसान्त गुरौको खुट्टा र मुखमा चोट लागेको र अवस्था मध्यम रहेको छ भने स्कुटी चालक सोहि ठाउं बस्ने वर्ष ६० की बसिसरा सारुको दुवै खुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको छ । घाईते दुवैको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया