पूर्वी नवलपरासीमा ८८ हजार बढी बालबालिकाले टाइफाइट विरुद्धको खोप लगाएका छन् ।नवलपुरमा चैत्र २४ गतेदेखि टाइफाइट विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । स्वास्थ्य कार्यालय नवलुरका अनुसार ८५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि लक्ष्य भन्दा बढी ८८ हजार १ सय ३२ जनाले टाइफाइट विरुद्धको खोप लगाएका हुन् ।गैडाकोटमा १९ हजार २१ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १७ हजार ५ सय ५ जनाले खोप लगाएका छन् । त्यसैगरी देवचुलीमा १३४६० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १६ हजार १८ जना, कावासोतीमा १५२४८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २२६३२ जनाले खोप लगाएका छन् ।टाइफाइट विरुद्धको खोप नेपालमा पहिलो पटक लगाइएको हो । यो खोप १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई लगाइएको छ ।त्यसैगरी मध्यविन्दुमा १२३३० लाई लगाउने लक्ष्य रहेकोमा १२०३९ जना, हुप्सेकोटमा ६५२४ जनामा ६७८३ जना, विनयी त्रिवेणीमा ८८२४ जनामा ९९९७ जनालाई र बुलिङ्गटार गाउँपालिकामा २७८० जनामा २४७३ जनालाई खोप लगाइएको छ ।बौदीकालिमा भने खोप अभियान जारी रहेको छ । यहाँ २५७६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म ६८५ जनालाई खोप लगाइएको छ ।