पूर्वी नवलपरासीका ८ वटा पालिकामध्ये नेकपा (एमाले)ले दुई वटा पालिकामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ । एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेका अनुसार पहाडी बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले उम्मेदवारी दिनेछन् । डिलकुमारी २०७४ सालको निर्वाचनमा पनि उपाध्यक्षको उम्मेवार रहेर पराजित भएकी थिइन् । उनीहरुको नाममा सर्वसम्मत निर्णय भएको पाण्डेले जानकारी दिए ।
त्यसैगरी हुप्सेकोट गाउँपालिका अध्यक्ष चेतन रानाको टुंगो लागेको छ । त्यहाँ उपाध्यक्षको टुंगो लागेको छैन । गाउँ पार्टी कमिटीबाट ती दुई जनाको नाम सर्वसम्मत भएको र उनीहरुको उम्मेदवारी रहने पाण्डेले बताए । बौदीकालीमा यस अघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत नेपाली कांग्रेस विजयी भएको थियो । ६ वडा रहेको त्यहाँ वडाध्यक्ष र सदस्यहरुका उम्मेदवार चाँडै टुंग्याइने भएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर १५ को वडाध्यक्षमा एमालेबाट कोकीसरा रानामगर उम्मेदवार बन्ने निधो भएको छ । उनको नाममा सर्वसम्मत निर्णय भएको पाण्डेले जानकारी दिए । देवचुलीका १७ वडा मध्ये ७ वडामा नेकपा एमालेले उम्मेद्वार टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि १, ३, १०, १२, १३, १५ र १७ वडामा उम्मेदवारी टुंगो लगाएको हो। सात वटा वडामा उम्मेदवारी ढुंगालागेको र बाकीं वडा हरुमा पनि छिट्टै उम्मेद्वारहरु टुंगो लाग्ने नेकपा एमाले देवचुलीले जानकारी दिएको छ । एमाले ले वडा १ बाट अध्यक्षमा कृष्णबहादुर केसी सहित वडा सदस्यमा अजय थनेत र विजय माझी, संगिता जि.एम, उर्मीला वि.कलाई चयन गरेको छ त्यस्तै वडा ३ बाट अध्यक्षमा रामजी खनाल, सदस्यमा ज्योति दवाडी, देवराज बस्ताकोटी, गोमा पौडेल तिमिल्सना र सम्झना वि.कको उम्मेदवारी रहेको छ । वडा १० वाट अध्यक्षमा रुकमागत भुसाल, सदस्यमा नबहादुर घर्ती, ओम कुमारी घिमिरे, गंगा वि.क लाई चयन गरेको छ । वडा १२ बाट अध्यक्षमा भीमलाल तिवारीलाई चयन गरेको छ भने सदस्यका लागि छलफल भइरहेको छ । वडा १३ को अध्यक्षमा राजेश रसाईली चयन गरेको छ भने वडा सदस्य गोमादेवि थापा र मिठु वि.कलाई अघि सारेको छ । वडा १५ को अध्यक्षमा जीवन श्रेष्ठलाई चयन गरेको छ भने सदस्य रोशन राउत, जयबहादुर थापा, शान्ति सुवेदी पाठक र जूना सारुको उम्मेदवारी परेको छ । वडा १७ को अध्यक्षमा दिपक चालिसे र सदस्यमा मुक्ती तामाङ्ग, लालबहादुर चौधरी, लक्ष्मी महतोको उम्मेदवारी रहेको छ ।यो जिल्लामा पालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाउने एमाले पहिलो दल हो । पूर्वी नवलपरासीमा ९२ वटा वडा रहेका छन् ।