आज देखि वन्यजन्तु सप्ताह सुरु भएको छ । प्रत्यक वर्ष वैशाख १ गते देखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाउने गरिन्छ । २७ ओैँ वन्यजन्तु सप्ताहा नवलपुरमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।
चितवन राष्ट्रिय निकुञ्जको आयोजना तथा अमलटारी उपभोक्ता समितिको सहकार्यमा साता व्यापी कार्यक्रम हुदै छ ।पहिलो दिन वन्यजन्तु सप्ताहको जानकारी दिने गरि कार्यक्रम हुदै छ। यस्तै गरि नारायणी नदि सरसफाइ ,सचेतना कार्यक्रम ,अन्तरक्रिया गोष्ठी , प्रचार प्रसारका साता व्यापी कार्यक्रम तय गरिएको जनाइएको छ ।