घरHeadlineगैँडाकाेटमा महेश बस्नेतकाे गर्जन : अवकाे चुनाव प्रचण्ड र माधव नेपालका लागि...

गैँडाकाेटमा महेश बस्नेतकाे गर्जन : अवकाे चुनाव प्रचण्ड र माधव नेपालका लागि अन्तिम

गैंडाकोट । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा फाट ईन्चार्ज महेश बस्नेतले अवको चुनावबाट प्रचन्ड र माधव नेपालको राजनैतिक भविष्य समाप्त हुने दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटको नगर कमिटीको चौंथो नगर अधिवेशनलाई आज दिउसो नवलपुरमा सम्बोधन गर्दै नेता बस्नेतले अवको चुनावनै प्रचन्ड र माधव नेपालका लागि अन्तिम हुने जिकिर गर्नु्भयो ।

बस्नेतले भन्नुभयो,“केपी ओलीप्रति जनलहर बढीरहेको छ, आगामी स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी हुन्छ उहाँले भन्नुभयो : कम्युनिष्टहरुको एकता भांडेर कांग्रेसंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालको राजनीतिक यात्रा ओरालो लाग्यो ।

कार्यक्रमपूर्व राष्ट्रिय युवा संघ गैंडाकोटले चितवनको भरतपुर विमानस्थल देखि बृहत मोटरसाईकल र्याली निकालेर नेता बस्नेतलाई स्वागत गरेको थियो । राष्ट्रिय युवा संघका संयोजक विनोद कडेंलको अध्यक्षमा भएको कार्यक्रम जिल्ला संयोजक कृष्ण कडेंलले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया