घरHeadlineएमाले कावासोती वडा नं. ३को अध्यक्षमा गिरी सर्वसम्मत उमेद्वार

एमाले कावासोती वडा नं. ३को अध्यक्षमा गिरी सर्वसम्मत उमेद्वार

चैत्र २३, कावासोती
आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजीकिए सगै राजनैतिक दलहरुको चुनावी माहोल समेत तात्दै गएको छ ।
सबै दलहरुले स्थानिय निर्वाचन लक्षित गर्दै आफ्ना गतिविधीहरु संचालन गरेका छन । नवलपुर जिल्लामा नेकपा एमालेले वडा, टोल कमिटि गठन सम्पन्न गरी पाटी सम्पर्क कार्यालय सबै जसो वडामा खोली सकेको छ । त्यस्तै काग्रेसले आन्तरी उमेद्वार छनौट सग सगै ५ दलिय गठवन्धन भने आन्तरीक तालमेलमा लागेको छ ।
पाँच दलिय गठबन्धन छलफलमा जुटी रहदा एक्लै निर्वाचनमा होमिन लागेको एमाले भने नवलपुर जिल्लाको ९२ बटै बडाहरुमा सर्ब सम्मत नेतृत्व छनौटमा लागेको छ । अन्य दलहरुको गठबन्धन बन्ने सम्भावना देखीएकोले पाटीलाई एक बनाएर लैजान एमालेले भने सर्ब सम्मत उमेद्वार छान्न लागेको हो ।
मध्यविन्दु नगरपालिकाको वडा नं. १० मा सर्वसम्मत वडा अध्यक्षको उमेद्वार चुनेको छ भने कावासोती नगरपालिका वडा नं. ३ मा एमालेको तर्फबाट डोरमान गिरीलाई नै पुन उमेद्वार बनाउने भएको एमाले वडा कमिटि इन्चार्ज भेष बहादुर अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार आकाक्षि उमेद्वारहरु बीच छलफल गरेर सर्व सम्मत रुपमा गिरीलाई उमेद्वार बनाउने निर्णय गरेको बताउनु भयो ।
गिरी यस अगी कावासोती नगरपालिकाको वडा नं. ३ बाट नेकपा एमालेबाट उमेद्वार बनेका थिए । उहाँले नेपाली काग्रेसका उमेद्वार अमृत श्रेष्ठ सग पराजय भएका थिए भने गिरीको प्यानलमा रहेका अन्य ४ जना सदस्यले भने विजयी भएका थिए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया