नवलपुरको गैडाकोटमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्रउा परेको छ । गैडाकोट न.पा.–२ पुलमा पश्चिमबाट पूर्व तर्फ जादैँ गरेको ना ५ ख ४९६७ नं.को बसलाई रोकी चेकजाँच गरेकोहो । उक्त बसको क्याविनमा सवार जिल्ला बाग्लुङ काठेखोला गा.पा.–७ बस्ने बर्ष २५ को रमेश जि.सी.लाई कपडाको झोला भित्र लुकाई छिपाई राखेको लागु औषध सहित पक्राउ गरेको छ । डाईजेपाम–९४ एम्पुल, फेनार्गन–९५ एम्पुल, नुफिन ९६ एम्पुल गरी जम्मा २८५ एम्पुल र नाईट्राभेट ३० ट्याव्लेट सहित फेला परी नियन्त्रणमा लिएको ई.प्र.का.गैडाकोटले जानकारी दिएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।