घरHeadlineआजको राशिफल

आजको राशिफल

२०७८ चैत्र १३ गते, आइतवार, २७ मार्च २०२२। चैत्र कृष्णपक्ष दशमी तिथि, १८ः३० बजेदेखि एकादशी। उत्तराषाढा नक्षत्र, १४ः०८ बजेदेखि श्रवण। चन्द्रराशि– मकर।
उपप्रा। लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य० ९८४१३५२१६४
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप पनि बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सामान्य सुधार आउनेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत(साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। सोख, खानपान र साजसज्जामा खर्च बढ्नेछ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।

अघिल्लो लेखमाआजको राशिफल
अर्को लेखमाआजको राशिफल –
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया