घरHeadlineसेन्ट जोसेफ ईङलिस बोर्डिङ स्कुलले २८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा ‘सेन्ट जोसेफ...

सेन्ट जोसेफ ईङलिस बोर्डिङ स्कुलले २८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ सुरु

नवलपुरको कावासोतीमा रहेको सेन्ट जोसेफ ईङलिस बोर्डिङ स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ सुरुआत गरेको छ ।
बुधबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरेर आरम्भ कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा स्कुलका प्रिन्सिपल कमल प्रसाद चापागाँईले २०७६ सालको बैशाख ३ गतेबाट स्कुल नयाँ टिमले, नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको भएपनि , कोभिडका कारण स्कुलले सोचे अनुसारका कृयाकलाप गर्न नसकेको कारण अहिले ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ सुरुआत गरेको बताउनुभयो । रारा
‘सीप , संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा , हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको स्कुलले विद्यार्थीहरूलाई अध्ययन मात्रै नभई कला संस्कृति र बाहिरी ज्ञान समेत दिनुपर्छ भन्ने उद्देश्यले विभिन्न सामाजिक काममा समेत विद्यार्थीहरूलाई सहभागि गराउँदै आएको उहाँले चापागाँईले बताउनुभयो । सोही अन्तरगत अहिले ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ रहेको उहाँले बताउनुभयो । उहाँले बिहीबार ( भोलि ) बाल प्रतिभा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यस कार्यक्रम अन्तरगत विद्यालयका सबै विद्यार्थीहरूबाट उनीहरूको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने बताउनुभयो । विद्यार्थीहरूले नृत्य , गायन , कथा ,कविता, नाटक , प्रोजेक्ट , लगायतका प्रस्तुती रहने उहाँले बताउनुभयो । सोही दिन पुरस्कार वितरण गरिने छ । अभिभावकका अगाडि प्रस्फुटन हुने विद्यार्थीहरूका प्रतिभाले अभिभावकमा आफ्ना बालबालिकाहरू के कस्ता काममा अब्बल छन् भन्ने बारेमा जानकारी हुने उहाँले बताउनुभयो ।
यस्तै अर्को कार्यक्रम चैत ११ गते अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहने छ । यस कार्यक्रम अन्तरगत सेन्ट जोसेफका विद्यार्थीहरूबाट नेपाली मौलिक लोक संस्कृति झल्कने सतार नृत्य , हुडक्यौली नृत्य , राउटे नृत्य , छलिया नृत्य प्रस्तुत हुने चापागाँईले बताउनुभयो । नेपालमा बिरलै देख्न पाइने र लोप हुने अवस्थामा पुगेका यस्ता मौलिक लोक नृत्यको जगेर्ना गर्न यस कार्यक्रमले टेवा पु¥याउने उहाँले बताउनुभयो ।
यस्तै चैत १२ गते सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रम आयोजना हुँदैछ । देशव्यापी रुपमा सामाजिक कामका लागि परिचय बनाउन सफल कृष्ण कडेल सहितको टिमले ईन्द्रणी कार्यक्रमको छाँयाङकन गर्नेछ । भने , सोही दिन विभिन्न सामाजिक काम समेत हुने चापागाँईले बताउनुभयो । सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजकका रुपमा कक्षा नौ का विद्यार्थीहरू रहनेछन् । विद्यार्थीहरूको नेतृत्व विकासमा सहयोग पु¥याउन आयोजकका रुपमा कक्षा नौ लाई जिम्मेवारी प्रदान गरिएको उहाँको भनाई छ । यस्तै कक्षा आठका विद्यार्थीहरूको व्यवस्थापनमा खानाका परिकारको प्रदर्शनी समेत गर्नेछन् । विद्यार्थीहरूलाई सीप सँगै आयआर्जन गरि उक्त आम्दानी सामाजिक काममा लगाउने उद्देश्यले यस कार्यक्रमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आरम्भ कार्यक्रम अन्तरगत यसअघि चैत ५ गते स्कुलले गाउँखाने कथा प्रतियोगिता सम्पन्न गरिसकेको छ । जिल्लामा रहेका विभिन्न पालिकाबाट संघसंस्था र समूहको सहभागितामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । जसमा प्रथम हुनेले १५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार र तीन वटा सान्त्वना हुने समूहलाई तीन तीन हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । १२ गते नै उक्त पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।यस विद्यालयले जिल्लामै नमुना विद्यालयका रुपमा आफूलाई स्थापित गराउन विभिन्न खाले कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ ।

अघिल्लो लेखमाआजको राशिफल
अर्को लेखमाआजको राशिफल
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया