घरHeadlineअहिलेको संघिय संरचनामा हाम्रो सहमति छैनः जनजाति महासंघ

अहिलेको संघिय संरचनामा हाम्रो सहमति छैनः जनजाति महासंघ


नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले अहिलेको संघीय संरचनामा आदिवासी जनजातिको विमति रहेको बताउनुभएको छ ।मंगलबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जगत बरामदले पहिलो संविधान सभाको निर्वाचनमा राज्य पुनसंरचना निर्माण समितिले पेश गरेको ११ प्रदेशका संरचना अनुसारको संरचना निर्माण हुने पर्ने बताए ।नेपाल आदिवासी जनजाति महासंघको भोलिदेखि कावासोतीमा हुने १० औं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कावासोतीमा पत्रकार सम्मेलन गरिएको हो ।पत्रकार सम्मेलनमा महाअधिवेशन चैत्र ९ र १० गते गरी दुई दिन सम्म चल्ने र महाधिवेशनमा देशबाहिर रहेको शाखा, देश भित्रका जातीय संगठनका प्रतिनिधि लगायतका गरी ४ सय २० जना प्रतिनिधि र २ सय प्रवेक्षक सहभागी रहने अध्यक्ष बरामले जानकारी दिए ।

प्रत्येक ३÷३ बर्षमा हुनु पर्ने आदिवासी जनजाति महासंघको महाधिवेशन पछिल्लो पटक ५ बर्षमा हुन लागेको हो । कोभिडका कारण आदिवासी जनजाति महासंघले महाधिवेशन गर्न सकिरहेको थिएन ।महाधिवेशनले ५६ जना महिला र ५६ जना पुरुष सहितको १ सय १२ सदस्यीय नयाँ केन्द्रिय समिति चयन गर्ने छ । यस पटक पदाधिकारीको संख्या बढाउने तयारी भइरहेको अध्यक्षा बरामले बताए ।महाधिवेशनको उद्घाटन पूर्व कावासोतीको फलफूल चोकदेखि कार्यक्रम स्थल पानस होटलसम्म आदिवासी जनजातिका जातजातिका झाँकी सहितको र्याली निकालिने छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया