चैत्र ३ गते कावासोती
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।
नवलपुर सहितका तराई जिल्ला भएकोले भोली फागु पुर्णिमा पर्व मनाउने गरीन्छ । होली पर्वकै अवसरमा रेडियो सामर्थ्य ९२.१ मेगाहर्जले रेडियो परीसरमा होली उत्सव मनाउने भएको छ । रेडियोका अध्यक्ष भरत शर्माका अनुसार विगत बर्षहरुमा जस्तै यस बर्ष रेडियोले होली उत्सव मनाउन लागेको बताउनु भयो ।
रेडियोका प्रवन्ध निर्देशक सागर पोख्रेलले नयाँ पुस्तालाई नेपाली संस्कृति बारेमा जानकारी दिन र रङ्ग रङ्गहरुको पर्वलाई थप उमङ्ग प्रदान गर्न चैत्र ४ गते रेडियो परीसरमा होली उत्सव सगै घैटो फुटाउने प्रतियोगीता आयोजना गरीएको बताउनु भयो । निर्देशक पोख्रेलका अनुसार रेडियो स्थापना देखी नै घैटो फुटाउने कार्यक्रम आयोजना गर्दै आएकोले सोही कार्यक्रमको निरन्तरता दिईएको बताउनु भयो ।
निर्देशक पोख्रेलका अनुसार चैत्र ४ गते रेडियो परीसरमा १० बजे देखी घैटो फुटाउने प्रतियोगीता संचालन गरीने र दिउसो १२ बजे देखी संस्कृति कार्यक्रम गरीने भएको छ । निर्देशक पोख्रेलले रेडियो प्रङ्गढमा हुने होली उत्सव एवम् घैटो फुटाउने प्रतियोगीतामा सहभागीताको लागी सबैमा अनुरोध समेत गर्नु भएको छ ।
फागु पर्वमा जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दे कसैको इच्छा विपरीत रङ्ग दल्न, लोला हान्न र कानुन विपरीतका कार्य नगर्न प्रशासनले आह्वान गरेको छ साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।