घरHeadlineकावासोतीमा जारी मेयर कप फुटबल अन्तर्गत हिजो भएबो खेलमा वडा नं. ७...

कावासोतीमा जारी मेयर कप फुटबल अन्तर्गत हिजो भएबो खेलमा वडा नं. ७ र १४ विजयी, होलिका कारण आज र भोलि प्रतियोगिता नहुने

२०७८ चैत्र ३ गते
कावासोती

कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगितामा हिजो (बुधबार) भएका दुई खेलमा कावासोती वडा नं. ७ र १४ विजयी भएका छन् । कावासोती ६ र ७ बिच भएको खेलमा कावासोती ७ ले २ गोल हान्दै विजयी भएको हो जसको लागि कावासोती ७ का सुरज महतोले दुई गोल गरेका थिए । वडा नं. ६ ले भने कुनै गोल फर्काउन सकेन ।
दोश्रो खेलमा वडा नं. १४ विजयी भएको छ । वडा नं. २ र १४ विच भएको खेलमा १४, ३–२ गोल अन्तरले विजयी भएको हो । १४ को जितकालागि जर्सी नम्बर ७ का अभिषेख रानाभाटले ह्याट्रिक गरेका थिए ।
होलीका कारण आज र भोलि गते कुनै पनि खेल हुने छैन। ५ गते पहिलो खेल वडा नम्बर ५ र १२ बिच हुनेछ भने दोस्रो खेल वडा नम्बर ३ र १३ बिच खेल हुने जनाइएको छ ।
प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया