२०७८ फागुन २२, आईतबार
कावासोती । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नवलपुरको अध्यक्षमा तिलक राम देवकोटा चयन हुनुभएको छ । शनिबार भएको प्रथम जिल्ला अधिवेशनले देवकोटाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा धनु गिरी, कृष्ण बहादुर अधिकारी, सचिवमा राम कुमार सुनार, सह सचिवमा रन बहादुर थापा र बाबुराम रानाभाट, कोषाध्यक्षमा पदम बहादुर चन्द चयन हुनु भएको छ ।
अधिवेशन एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य एवं जिल्ला सह इन्चार्ज रविन्द्र अधिकारी, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, सचिव भिमलाल अधिकारी, उप सचिव भिमलाल कँडेल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रिय सदस्य डोरमान गिरी, गोपी कृष्ण तिमिल्सिना , सङ्गठनका प्रदेश सदस्यहरू, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका नवलपुर इन्चार्ज इन्द्र क्षेत्री, एमाले जिल्ला कमिटीका सदस्यहरू, जनवर्गीय सङ्गठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।