नेकपा एमाले कावासाेती नगरपालिका ८ नम्बर वडा कमिटीकाे पार्टी कार्यालय स्थापना गरिएकाे छ । कावासाेती ८ स्थित शैक्षिक चाेकमा पार्टी कार्यालय स्थापना गरिएकाे हाे । पार्टी कार्यालयकाे केन्द्रीय सदस्य ,जिल्ला इन्चार्ज एवं सांसद तिलक महतले रिबन काटेर उद्वघाटन गर्नुभएको थियाे । पार्टी कार्यालय उद्वघाट पछि बाेल्दै नेता महतले अबका तिनै तहका निर्वाचन जिताउन सबै पार्टी पङ्ती लाग्नुपर्ने बताउनुभयाे ।उहाँले देशकाे संमृद्वि र विकासका लागि एमालेकाे जित आवश्यक रहेकाे बताउदै उपविजेता बन्न छुट नभएकाे बताउनुभयो । कार्यक्रम बाेल्दै केन्द्रीय सदस्य , जिल्ला सह इन्चार्ज रबिन्द्र अधिकारीले अब कसैलाई पनि पार्टीलाई कुनै पनि रुपमा असयाेग गर्न छुट नभएकाे बताउनुभयो । आफू अनकुल निर्णय नभए असयाेग गर्ने छुट कसैलाई नभएको बताउनुभयाे ।
उहाँले कुनै पनि बहानामा निर्वाचनकाे परिणामलाई असर पार्ने गरि लाग्न नहुने बताउनुभयो । कार्यक्रममा केन्द्रीय लेखा आयाेगका सदस्य पद्वमा जिसी श्रेष्ठ , नेकपा एमाले प्रदेश कमिटी सदस्य विष्णुप्रसाद भुषाल, जिल्ला कमिटी उप सचिव भिमलाल कंडेल, जिल्ला कमिटी सदस्य एवं नगर इन्चार्ज सीता पंगेनी लगायतले कार्यालय स्थापना पछि अब पार्टीका गतिविधि अगाडि बढाउदै आसन्न स्थानीय तहकाे निर्वाचनमा वडाका सबै पदमा जित निकाल्ने गरि काम गर्न शुभकामना दिएका थिए । नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रित गरि वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने , टाेल कमिटी गठन , वडा तहसम्म जन वर्गीय संगठन बिस्तार लगायतका काम तिब्र रुपमा अगाडि बढाएकाे नेकपा एमाले कावासाेती नगर कमिटी सचिव राजेन्द्र पाण्डेले बताउनुभयो । नगर कमिटीले यहि फागुन मसान्तसम्म सबै वडामा पार्टी कार्यालय स्थापना , टाेल कमिटी गठन गरिसक्न निर्देशन दिएको नगर सचिव पाण्डेले बताउनुभयो । पार्टी कार्यालय उद्वघाट कार्यक्रम वडा कमिटीका अध्यक्ष रेशमलाल चापागाईंकाे अध्यक्षता केन्द्रीय सदस्य एवं नवलपुर ईन्चार्ज तिलक महतकाे प्रमुख आतिथ्यता भएकाे थियाे । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज रविद्र अधिकारी, केन्द्रीय लेखा आयाेगका सदस्य पद्वमा जिसि श्रेष्ठ, प्रदेश कमिटी सदस्य विष्णुप्रसाद भुषाल, जिल्ला किमिटिका ,नगर कमिटीका ,वडा कमिटका नेता ,संगठित सदस्य लगायतको उपस्थित रहेकाे थियाे ।