घरHeadlineआज महाशिवरात्रि पर्व धुमधामका साथ मनाइँदै

आज महाशिवरात्रि पर्व धुमधामका साथ मनाइँदै

हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री–२०७८ आज मंगलबार धुमधामका साथ मनाइँदैछ । शिवरात्रिको दिन कावासोतीका शिवालयमा भक्तजनको घुईंचो लागेको छ । कावासोती दुईको नर्मदेश्वर शिवालय मन्दिर ३ को राम मन्दिर स्थीत शिव मन्दिर लगायतका शिव मन्दिरमा बिहानैबाट पूजाअर्चनाका लागि भक्तजनहरुको घुईंचो लागेको छ । यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

अघिल्लो लेखमाआजको राशिफल
अर्को लेखमाआजको राशिफल
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया