घरHeadlineलागु औषध सहित तिन जना पक्राउ

लागु औषध सहित तिन जना पक्राउ

कावासोती , फागुन ०७
नवलपुर प्रहरीले लागु औषध सहित तिन जना पक्राउ गरेको छ । प्रहरीले चेक जाँचको क्रममा गैडाकोट बाट एक र कावासोतीबाट २ जना पक्राउ गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुर कावासोती न.पा.–१६ चालिस किलो जंगलमा चेक जाचको क्रममा पश्चिमबाट पूर्व तर्फ आईरहेको प्रदेश ३ – ०६ ००१ ख ००१३ नंम्वरको बसमा सवार जिल्ला चितवन राप्तीनगर न.पा.–२ बस्ने वर्ष २१ को सुनिल दरै र सोही ठाँउ बस्नेवर्ष २१ को दिपसन सुनार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट नुफिन – १०० एम्पुल, फेनरागन – १०० एम्पुल, डाईजापाम – १०० एम्पुल र नाईट्राभेट ज्ञण् नामक ३० ट्याबलेट लागु औषध सहित नियन्त्रणमा लिईईएको जनाएको छ । यस्तै प्रहरीले गैडाकोट न.पा.–२ नारायणी नदिको पुल नजिक राजमार्गमा प्रहरीले भैरहवा बाट बागलुङ तर्फ जादैँ गरेको ना ५ ख ४९६७ नम्वरको बसमा सवार जिल्ला पर्सा ठोरी घर बताउने बर्ष २० को पर्जित लामाको साथ बाट चेकजाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरेको छ । लामाले बोकेको साईड ब्यागमा डाइजापाम १८ एम्पुल, नुफिन १९ एम्पुल, फेनारगन १९ एम्पुल गरि जम्मा ५६एम्पुल लागु औषध फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया