घरHeadlineमाउ र बच्चा गैंडा मृत भेटिए

माउ र बच्चा गैंडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गैंडाको खाग र खुर सुरक्षित छन् । गैंडाको मृत्युको कारण खुलेको छैन । निकुञ्जका एक अधिकारीका अनुसार बच्चा र माउ गैंडाको शरीरमा चिथोरिएका घाउ देखिएको छ । त्यसैले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने बताए ।

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा २७ गैंडा मरेका छन् । तीमध्ये दुई वटा चोरी शिकारीले, एउटा मानवीय त्रुटिले र २४ वटा प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया