सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट जनवर्गिय संगठनले नवलपुरमा एमसिसी विरुद्धको कार्यक्रम गरेका छन् । नवलपुर सदरमुकाम कावासोतीको फलफूलचोकमा आज एस निकट जनवर्गीय संगठनले बिरोध कार्यक्रम गरेका हुन् । आयोजित कार्यक्रममा कसैले लिन्न भनेर भनदाभन्दै जवरजस्त लिन दवाव दिने एमसिसी नामको अनुदान नेपालको हित हुने खालको हुँदै नभएकोले बिरोधमा उत्रिएको बोल्ने बक्ताहरुले बताएका छन् ।
नवलपुर युवा ईन्चार्ज समेत रहेका समाजबादी युवा संघ नेपालका स्थायी कमिटि सदस्य प्रेमनारायण पाण्डेको अध्यक्षतामा भएको बिरोध कार्यक्रमलाई नेकपा एस नवलपुरका जिल्ला अध्यक्ष शालिकराम भटराईले प्रमुख बक्ताका रुपमा संबोधन गरेका थिए ।
अध्यक्ष भटराईले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने झै एमसिसी स्वीकार्नै परे नेपालको हित विपरीत लेखिएका बुँदाहरु संसोधन गरेर मात्र स्वीकानुपर्ने अन्यथा अमेरिकाले फिर्ता लैजानुपर्ने बताए । अनेरास्ववियू केन्द्रीय सचिव ठाकुर पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एस गण्डकी प्रदेश कमिटि सदस्य एवं जिल्ला उपसचिव सुस्मा काफ्ले, जिल्ला उपाध्यक्ष गणेशमान महतो, अनेरास्ववियू जिल्ला अध्यक्ष मदन गिरी, अनेमसंघ जिल्ला अध्यक्ष तारा भुसाल, मुक्ति संगठन केन्द्रीय सदस्यद्धय प्रेम विक र गोविन्द सुनार लगायतको आतिथ्यता रहेको थियो ।