घरHeadlineथारु पत्रकार संघको चौथो अधिवेशनले खेम नारायण महतो सर्वसम्मत अध्यक्षमा चयन

थारु पत्रकार संघको चौथो अधिवेशनले खेम नारायण महतो सर्वसम्मत अध्यक्षमा चयन

थारु पत्रकार संघ नवलपुरको चौथो अधिवेशनले पत्रकार खेम नारायण महतो सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

चौथो अधिवेशनबाट ७ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी महतो, महासचिवमा चन्द्रा महतो, सचिवमा राजकुमार थनेत, कोषाध्यक्षमा रिना चौधरी  र सदस्यमा कासिराम महतो चयन भएका हुन् । यस्तै एक जनालाई मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ ।

डण्डामा रहेको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रमा  सम्पन्न चौथो अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो  । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले नवलपुरको थारु पत्रकारलाई साङ्गठनिक रुपमा अगाडि बढाउनका लागि पत्रकारीता तालिमको आवश्यक रहेको भन्दै तालिम सञ्चालनको लागि पत्रकार महासंघ गण्डकी प्रदेशबाट पुर्ण साथ र सहयोग रहने प्रतिबद्ध रहने जनाउनुभयो ।

कार्यक्रममा थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्र डण्डाका अध्यक्ष जामुनराम थारु महतो , थारु कल्याणकारिणी सभा नवलपरासीका पूर्व अध्यक्ष गणेशमान महतो , क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष रामकुमार श्रेष्ठ , प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राजेश सुनाम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्ष रहनु भएका थारु पत्रकार संघकी निबर्तमान अध्यक्ष सूर्यकुमारी महतोले संगठनिक प्रतिवेदन प्रस्तुत गर्दै हातका औलामा गन्ने मात्रामा रहेका थारु पत्रकार अहिले समिति नै बनाएर संगठीत हुनुमा ठूलो सफलता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा थारु पत्रकारको संख्यामा बृद्धि हुने र थारु जातिका विषय वस्तु उठान हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया