घरHeadlineनवलपरासीमा २० लाख रुपैयाँ लुटपाट गर्न साथीबाटै हत्या

नवलपरासीमा २० लाख रुपैयाँ लुटपाट गर्न साथीबाटै हत्या

नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका वडा नं. १ उच्डीहवा नागरिकतामा ठेगाना रहेको र हाल काठमाडौं महानगरपालिका वडा नं. २७, असनमा भाडा वर्तन एवम् हार्डवयर व्यवसाय गर्ने ३५ बर्षीय विजय चौधरीको हत्या भएको थियो ।
चौधरीको हत्यामा रामग्राम नगरपालिका ५ ड्राइभर टोल बस्ने ३७ बर्षीया राजु साह भनिने मञ्जुर आलम देवान र उनीकी श्रीमती ३५ बर्षीया हदिसुन नेसालाई प्रहरीले पक्राउ गरेको हो । चौधरीको हत्या गरी शवलाई सडक किनारामा लगी फालिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विजयको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले विजयको हत्या गरिएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया