नवलपुर बुधबार,१९ गते
तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औं वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने छ ।यसैबिच देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा १९ गते बुधवार आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना निकालेर आज नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।