घरHeadlineअन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ मा विनयी त्रिवेणीबाट १ मात्र विद्यालय सम्मानित

अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ मा विनयी त्रिवेणीबाट १ मात्र विद्यालय सम्मानित

माघ १२ गते, कावासोती
विनयी त्रिवेणी गाउपालिका बाट १ मात्र विद्यालले ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ प्राप्त गर्न सफल भएको छ । विनयी त्रिवेणी १ दुम्किबासमा रहेको ब्लु स्टार इङ्लिस सेकेण्डेरी स्कुल सो अवार्ड प्राप्त गरेका स्रोतले जनाएको छ ।
विनयी त्रिवेणी गाउपालिका बाट १ विद्यालय सहित नवलपुरबाट २० बाट विद्यालय सहित देश भरबाट १०७ सामुदायिक तथा संस्थागत विद्यालयहरुले सो अवार्ड प्राप्त गरेका स्रोत शिक्षक कंडेलले बताउनुभयो ।
देशभरका २८ विद्यालयले भने फाउन्डेसन अवार्ड प्राप्त गरेको ब्रिटिश काउन्सिल, नेपालले जनाएको छ ।अवार्ड विजेता विद्यालयहरुले व्रिटिश काउन्सिल नेपालको तर्फबाट लोगो, आइएसए झण्डा, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने यो अवार्ड ३ वर्षको लागि मान्य हुने ब्रिटिश काउन्सिल, नेपाल, कनेक्टिंग क्लासरुम्सका प्रोजेक्ट अफिसर सुदर्शन सुबेदीले जानकारी दिनुभयो ।
ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने यो अवार्डलाई नेपाललगायत विश्वका विद्यालयहरुमा विशेष महत्वको रुपमा लिने गरिन्छ ्र व्रिटिश काउन्सिल, नेपालको मापदण्डअनुरुप विद्यालयहरुले क्रियाकलापमा आधारित कम्तिमा ७ वटा परियोजनाहरु सम्पन्न गरेपछि मापदण्ड पुरा गर्ने विद्यालयहरुलाई अन्तराष्ट्रिय स्कूल अवार्ड प्रदान गरिने प्रोजेक्ट अफिसर सुबेदीले बताउनुभयो ्र सम्पूर्ण परियोजनाहरु पाठ्यक्रममा नै आधारित हुने र परियोजनामा अन्तराष्ट्रिय डाइमेन्सन पुरा हुनुपर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया