घरHeadlineकावासोती नगरपालिकाका तीन सामुदायिक र १ संस्थागत विद्यालयले पाए अन्तराष्ट्रिय स्कूल अवार्ड...

कावासोती नगरपालिकाका तीन सामुदायिक र १ संस्थागत विद्यालयले पाए अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२

माघ १२ गते कावासोती


कावासोती नगरपालिकाका तीन सामुदायिक विद्यालयहरुले ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ प्राप्त गर्न सफल भएका छन । मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ श्री जनकल्याण मावि, कावासोती १, नवदुर्गा आधारभूत विद्यालय, कावासोती २ र त्रिभूवन बाल मावि, कावासोती १७ संस्थागत विद्यालय तर्फ कावासोती १६ मा रहेको नवलपुर एकेडमीले पूर्ण अवार्ड प्राप्त गरेको कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थराज कंडेलले बताउनुभयो ।
कंडेलका अनुसार कावासोतीका करीव १ दर्जन विद्यालयहरुले फाउण्डेशन अवार्ड पाएको बताउनु भयो । कावासोती नगरपालिका भित्रका ४ विद्यालय सहित नवलपुरबाट २० बाट विद्यालय सहित देश भरबाट १०७ सामुदायिक तथा संस्थागत विद्यालयहरुले त्यस्तैगरी नवलपुर एकेडमी, डण्डा, ग्यालेक्सी इंग्लिस स्कुल,दुम्कौली तथा ओसिस इंग्लिस बोर्डिंग स्कुल, रजहरले पनि सो अवार्ड प्राप्त गरेका स्रोत शिक्षक कंडेलले बताउनुभयो ।
देशभरका २८ विद्यालयले भने फाउन्डेसन अवार्ड प्राप्त गरेको ब्रिटिश काउन्सिल, नेपालले जनाएको छ ।
अवार्ड विजेता विद्यालयहरुले व्रिटिश काउन्सिल नेपालको तर्फबाट लोगो, आइएसए झण्डा, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने यो अवार्ड ३ वर्षको लागि मान्य हुने ब्रिटिश काउन्सिल, नेपाल, कनेक्टिंग क्लासरुम्सका प्रोजेक्ट अफिसर सुदर्शन सुबेदीले जानकारी दिनुभयो ।
ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने यो अवार्डलाई नेपाललगायत विश्वका विद्यालयहरुमा विशेष महत्वको रुपमा लिने गरिन्छ ्र व्रिटिश काउन्सिल, नेपालको मापदण्डअनुरुप विद्यालयहरुले क्रियाकलापमा आधारित कम्तिमा ७ वटा परियोजनाहरु सम्पन्न गरेपछि मापदण्ड पुरा गर्ने विद्यालयहरुलाई अन्तराष्ट्रिय स्कूल अवार्ड प्रदान गरिने प्रोजेक्ट अफिसर सुबेदीले बताउनुभयो ्र सम्पूर्ण परियोजनाहरु पाठ्यक्रममा नै आधारित हुने र परियोजनामा अन्तराष्ट्रिय डाइमेन्सन पुरा हुनुपर्ने उहाँले बताउनुभयो ।
भर्चुअलरुमा गरिएको आजको कार्यक्रमामा प्रमुख वक्ताको रुपमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर शाहिदा म्याकडगल, इंग्लिस फर एजुकेसन सिस्टम, साउथ एसियाकि रिजनल लिड एमी लाइटफुट तथा ब्रिटिश काउन्सिल,नेपालका प्रोजेक्ट म्यानेजर गौरव शर्मा रहनुभएको थियो । कार्यक्रममा आइएसए संयोजकका तर्फबाट जनकल्याण मावि, कावासोतीका शिक्षक लक्ष्मीप्रसाद पंगेनी र विद्यार्थीको तर्फबाट हिमालय मावि, संखुवासभाको छात्रा लक्ष्मी घिमिरेले अन्तराष्ट्रिय स्कुल अवार्डका परियोजनाहरुले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई कस्तो प्रभाव पर्छ भन्ने विषयमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण ब्रिटिश काउन्सिल, नेपाल, कनेक्टिंग क्लासरुम्सका प्रोजेक्ट अफिसर सुदर्शन सुबेदीले गर्नुभएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया