घरHeadlineलावारीसे शव फेला

लावारीसे शव फेला

कावासोती, माघ ६
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुर स्थित नारायणी नदीको बिच भागमा नाम थर ठेगाना नखुलेको अन्दाजी २५/३० बर्षको जस्तो देखिने महिलाको मृत शव फेला पारेको छ ।
नारायणी नदीको पानीमा उत्रिएको रहेको अवस्थामा लावारीसे शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनास्थल प्रहरी चौकी कोल्हुवाबाट अन्दाजी ४ कि.मि. पश्चिम पर्छ ।
शवको मुचुल्का लगायतको प्रारम्भिक कार्य पुरा गरी शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया