नवलपुर जिल्लामा पछिल्लो समय बाघ र गैडाले आंतङ्कनै मच्चाएको छ । केही दिन पहिला मात्र विनयी त्रिवेणी गाँउपालिका र मध्यविन्दु पालिकामा बाघको आक्रमण खेपेका स्थानिय आज मध्यविन्दु नगरपालिकाको वडा नंं २ मा गैडा गाँमा नै आए पछि स्थानियबासी त्रसीत बनेका छन । नारायणी नदी सग सिमान जोडीएका निकुञ्ज आसपासका गाउँहरुमा गैंडा र बाघले आतंक मच्चिदै आएको छ । नवलपुरको मध्यबिन्दु– २ को कोल्हुवामा गैंडाले आज (शुक्रबार) बिहान आतंकनै मच्चाएको छ । स्थानिय गैंडाको आतंकले आजित भएका छन् । उनीहरुले रात दिन गैंडाको त्रासमा बाँच्नुपरेको गुनासो गर्छन । गैडा आतकंबाट स्थानिय त्रसीतमात्र होइन किसानहरु समेत आजीत भएका छन । चितवन राष्ट्रिय निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको मकै, उखु, केरा, तरकारीलगायतका बालीमा क्षति पु¥याउने गरेका छन् । रातको समयमा दिनहुँजसो गैडाले उँखु, केरा तरकारी सबै खाएर नष्ट गर्ने गरेको छ । गैडाले खेतीपाती नष्ट गर्नुका साथै मान्छेको ज्यानै जाने खतरा पनि उत्तिकै रहेको छ ।
स्थानीयहरु सावारी साधन लिएर वा हिडडुल आफ्नो गन्तव्य सम्म हिड्नेहरु समेत त्रसीत रहेको वडा नं. १० का वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
केही दिन पहिला मात्र दुम्कीवास अरुणखोला क्षेत्रमा निरभक्षी बाधको आक्रमणकाट २ जानाले ज्यान गुमाएका छन भने १ जान अस्पतालामा उपचाररत रहेका छन ।