घरHeadline१५ कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि कावासोतीको नापी कार्यालय बन्द

१५ कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि कावासोतीको नापी कार्यालय बन्द

पुस ३०, २०७८ नारायण शर्मा

पूर्व नवलपरासी — नापी कार्यालय कावासोतीका १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ ७ गतेसम्म कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवाबाहेकका सबै काम शुक्रबारबाट माघ ७ गतेसम्म बन्द रहने कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बताए । 

अधिकृत गौतमले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा एक सातासम्मका लागि बन्द रहने जानकारी गराएका हुन् ।

१५ जनालाई एकै पटक कोरोना संक्रमण देखिएकाले कार्यालय सञ्चालन हुन नसक्ने जानकारी दिँदै गौतमले संक्रामक रोग नियन्त्रण ऐनअनुसार कार्यालयको नियमित सेवा बन्द गरिएको जानकारी दिए । अदालतको आदेश र अत्यावश्यक अंश मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको उनले सुनाए ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला अस्पतालमा जचाउँदा जम्मा २७ कर्मचारीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एउटै कार्यालयमा १५ कर्मचारीमा कोरोना देखिएपछि पूर्वी नवलपरासीमा समुदाय स्तरमा कोराना संक्रमण फैलनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले संक्रमणको चेनब्रेक गर्न सामाजिक दूरी कायम गर्ने, भेला,सभा-सम्मेलन बन्द गर्ने र वडा तहमा कोरोना खोप लैजाने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया