नवलपरासी,
पूर्वी नवलपुरको कावासोतीमा एक जना ६० बर्षीय पुरुषको ३ तले घरको छतबाट खसेर निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोती ९ समावेशी चोक निवासी ६० बर्षीय तारा मगर आफ्नै तिन तले घरबाट खसी निधन भएको हो ।
मगर आज पहिलो तलाको टपबाट खसी गम्भीर घाइते भएको र उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो ।
मृतकको शव पोष्टमार्टकमा लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।