घरHeadlineनवलपुरमा बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिक गम्भीर घाइते

नवलपुरमा बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिक गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् । प्रहरी चौकी तम्सरियाका अनुसार शनिबार दिउँसो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ ढोकाडी निवासी ६० बर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गरेको हो । गाउँ नजिकैको जंगलको भुलपानी चौरमा गाईबस्तु चराउने क्रममा अचानक बाघले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ । नवलपुरमा पछिल्लो सयम बाघको आक्रमणमा परी २ जनाको ज्यान गईसकेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया