नेकपा एमाले नवलपुरको शुक्रबारबाट शुरु भएको आठौँ जिल्ला अधिवेशन आज दोस्रो दिन पनी जारी रहेको छ ।
एमाले नवलपुरको आजको अधिवेशनमा पाटी अध्यक्षद्धारा प्रस्तुत र राजनैतिक तथा सागठनीक प्रतिवेद सुझब सहित पारीत गरीएको छ ।
बन्द शत्र अन्र्तगत अहिले नयाँ नेतृत्वका लागी सर्व सम्मतका लागी कलष्टर अनुसार जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने प्रतिनिधी छनौट कार्य जारी रहेको अध्यक्ष मण्डलका सदस्य तथा नेकपा एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारीले जानकारी दिनु भयो । एमालेले सर्व सम्मत नेतृत्व चयन गर्न खोज्दा १ दिन अधिवेशको मिति लम्वीने देखीएको छ । आज सर्ब सम्मत नेतृत्व चयन नभए भोली पुष २५ गते निर्वाचन प्रक्रिया शुरुहुने एमाले श्रोतले जानकारी दिएको छ ।
अध्यक्ष मण्डलका सदस्य अधिकारीका अनुसार जिल्लाका ३ बटा गाँउ पालिका , सअित केही कलष्टरबाट सर्व सम्मत जिल्ला प्रतिनिधि छनौट भएको जानकारी दिनुभएको छ । उहाका अनुसार सबै कलष्टरबाट सर्व सम्मत नेतृत्व चयन हुने उहाँको दावी रहेको छ ।
जिल्ला अधिवेशन आजनै एक सय ५ सदस्य नयाँ जिल्ला कमिटि चयन गर्दै सकिने छ । पाँच पदाधीकारी सहित नयाँ कमिटि चयन हुने छ ।
अधिवेशनको सरकर्मी चलिरहँदा कुनै पनि पदका उम्मेदवारले अझै बाहिरी रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । अधिवेशन स्थलमा सार्वजनिक रुपमा उम्मेदवारको चर्चा भएको छैन । यधपी सचिव पदमा भने भिमलाल अधिकारीले सामाजिक संजाल मार्फत उम्मेदवार रहेको यस अघिनै सार्वजनिक गर्नुभएको छ ।
अध्यक्ष पदमा बर्तमान अध्यक्ष रोशन गाहा र सचिव जिवन श्रेष्ठ दुवैले दावी गरेको श्रोतले जनाएको छ । सहमतिमा अधिवेशन सम्पन्न गर्ने जनाएका नेतृत्वले अध्यक्ष पदमानै को रहने भनेर टुङ्ग्याउन नसक्दा सम्म अधिवेशनको अन्य प्रक्रिया संचालन हुने सम्भावना कठिन हुने देखिएको छ ।
यो समचार तयार पादाृ सम्म सर्व सम्मतीको प्रयास भएपनी जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष रोशन बहादुर गाहा र बर्तमान जिल्ला सचिव जीवन श्रेष्ठ विच भने सहमती हुन सकेको छैन ।
जिल्ला स्तरका शिर्ष नेताहरुमा पदाधिकारीमा सहमति जुटे सदस्यहरुको नाम प्रस्ताव गर्न सक्ने सम्भावन रहेको छ । आज बिहान ८ बजेबाट बन्दसत्रका कार्यक्रम अगाडि बढाए पनी अहिले सम्म उमेद्वार दर्ता कार्य सम्म हुन सकेको छैन ।