घरHeadlineनेकपा एमाले नवलपुरको जिल्ला अधिबेशनको तयारी पूरा, करीव ८ सय प्रतिनिधी सहभागी...

नेकपा एमाले नवलपुरको जिल्ला अधिबेशनको तयारी पूरा, करीव ८ सय प्रतिनिधी सहभागी हुने प्रतिनिधिहरुको आवास संगठीत सदस्यको घर

नेकपा एमाले नवलपुरको जिल्ला अधिबेशनको तयारी पूरा भएको छ । यही पुस २३ र २४ गते कावासोतीमा हुने जिल्ला अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
बडाबाट आएका प्रतिनिधि, जनबर्गिय संगठनका प्रतिनिधि, पर्यबेक्षक, आयोजक कमिटी सहित झण्डै ८ सय जना प्रतिनिधिहरुले अधिबेशनमा भाग लिने जिल्ला प्रचार प्रसार समिति संयोजक यमुनाथ आचार्यले जानकारी दिनुभयो ।
अधिबेशनको लागि आवश्यक सम्पूर्ण तयारी भएको, प्रतिनिधि स्वागतको लागि विभिन्न स्थानमा स्वागत व्यानर सहित सजावटको कार्य गरिएको एमाले प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो ।
पुष २३ गते नवलपुर सहित हिमाली क्षेत्र बाहेक का जिल्ला हरुमा नेकपाका केन्द्रिय अध्यक्ष के पि शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्धाटन गर्ने आचार्यले जानकारी दिनु भयो ।
अधिवेशमा विभिन्न क्षेत्रबाट आउने प्रतिनिधिहरुलाई पाटी संगठित सदस्यको घर घरमै आवसको व्यावस्थापन गरीएको एमाले जिल्ला सचिब जीवन श्रेष्ठले जानकारी खिनुभयो । श्रेष्ठका अनुसार प्रतिनिधीहरुलाई खाना खाजको व्यावस्था सम्मेलन स्थलमै गरीने र पाहाडी पालिकाबाट आएका वा घर जान सम्भव नभएका प्रतिनिधिहरुलाई कावासोती मुकामका पाटी संगठित सदस्यहरुको घरमा सुत्ने व्यवस्था गरीएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले एमालेको ८ औं जिल्ला अधिवेशनले पाटी एकताको सन्देश दिने बताउदै जिल्ला अधिवेशनले समावेशी कमिटी गठन गर्ने बताउनु भयो । उहाँले दलित, जनजाती ,महिला , युवा सहितको समावेशी नेतृत्व चयन गरीने बताउनु भयो ।
साथै गाहाले अधिवेशनले नवलपुर जिल्लाको विकासको प्रश्ट खाका तयार गरेर सरकारलाई दवाव दिने बताउनु भयो । एमालेले त्रिवेण्ी दुम्कीवास हुदै पोखरा जाने सडक निर्माण , ७७ जिल्ला मध्ये नवलपुरको नमुना सदरमुकाम निर्माण, मानव र बन्यजन्तु दृन्द न्युनिकरण, नारयणी नदीको कटानका जस्ता जन सरोकार सग प्रत्यक्ष सरोकार राख्ने प्रष्ट योजना सहितको योजनाका साथ नयाँ नेतृत्व चयनहुने बताउनु भयो ।
२ दिन सम्म पानस बैक्युटमा चल्ने अधिबेशनले ५ पदाधिकारी सहित १ सय ५ जनाको जिल्ला कमिटी चयन गर्ने छ । केन्द्रको निर्देशक सकभर सहमतिमै नेतृत्व चयन गर्ने रहेकाले सहमतिको प्रयास गर्ने र नभए निर्वाचन मार्फत भएपनि नेतृत्व चयन गर्ने बताईएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया