राप्रपाको गण्डकी प्रदेशको विस्तारीत बैठक भोली नवलपुरमा हुने आज कावासोती पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । भोली कावासोतीको खुल्ला चौरमा राप्रपा केन्द्रिय अध्यक्ष सहित नव निर्वाचित पदाधिकारी र पुर्व अध्यक्षहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको राप्रपा गण्डकी प्रदेशका कार्यवाहाक अध्यक्ष पंचराम गुरुङले जानकारी दिनु भयो ।
राप्रपा अध्यक्ष विस्तारीत बैठकमा सहभागी हुने भएपनी राप्रपाका निर्वमान अध्यक्ष कमल थापा भने सहभागी नहुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । थापा लङ टेनिस खेल्न पोखरा हुने भएकोले विस्तारीत बैठकमा सहभागी नहुने बताउनु भयो ।
गण्डकी प्रदेशको प्रथम विस्तारित बैठकको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन आयोजना गरीएको थियो ।
राप्रपा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हेमजंग गुरुङले सरकारले ससद भवन छलफलनै गर्न नदिई विदेयक पारीत गरेको भन्दै जनताबाट निर्वाचित प्रतिनिधीहरुको अवहेलना गर्दै संसदलाई नै बन्धक बनाएर कार्य गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले देश मुठभेढ तर्फ लैजान खोजेको आरोप लगाउनु भएको छ । उहाँले कानुनि राज्यको धज्जि उडाउदै अदालतबाट सरकार गठन गरेको बताउदै बर्तमान राज्य व्यवस्था नै घरासाहि हुने बताउनु भयो ।
उहाँले कृषकले मल , ऋण नपाउने अवस्थामा पुगेको भन्दै देश आर्थिक धरासायी बनेको बताउनु भयो । ०६२÷०६३ को आन्दोलनले व्यक्ति परिवर्तन गरे पनि देश विकासको मागर्गचित्र बन्न नसकेको बताउनु भयो ।
उहाँले अन्य दलहरुले पाटीमा युवाको नेतृत्व वोले पनी गर्न नसकेको भन्दै राप्रपाले भने नेतृत्व परीवर्तन गरेको भन्दै केही पाटीका नेताहरुले पाटी नेतृत्वबाट हट्न पर्दा हडवढाएको बताउनुभयो ।