घरHeadlineजन्मदिनको अबसरमा विध्यार्थीहरुलाई न्यानो कपडा वितरण

जन्मदिनको अबसरमा विध्यार्थीहरुलाई न्यानो कपडा वितरण

पुष १०

रोट्रयाक्ट क्लब अफ नवलपुर सिटिका सचिव बुलेट सिग्देलको जन्मउत्सवको अवसरमा न्यानो कपडा वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी रोट्रयाक्ट क्लब अफ नवलपुर सिटीद्वारा न्यानो कपडा साथै शैक्षिक सामग्री वितरण गरिएको हो । रोट्रयाक्ट क्लब अफ नवलपुर सिटिका सचिव बुलेट सिग्देलले आफ्नो जन्मउत्सव श्री लालीगुरासं माध्यामिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरि मनाएका छन ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रहनुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुवेदीले आगमी दिनमा पनी रोट्रयाक्ट क्लबको उन्नत्ती प्रगती देख्न पाइयोस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा रुपमा मध्यविन्दु वडा नं ६ का वडा प्रतिनिधि , रोट्रयाक्ट क्लब अफ नवलपुरका अध्यक्ष अनिल सुवेदी, उपाध्यक्ष रिसी गौतम, सचिव बुलेट सिग्देल, सदस्य रोशनी बानियां, सदस्य सुस्मीता ढकाल, सदस्य रितु पौडेल, सदस्य सुरक्क्षा कंडेल लगाएत बुद्दिजिवी, समाजसेवी, विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया