परासी, पुष ०८
नवलपरासी पश्चिम प्रहरीले ११ दिनमा ६९ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरेको छ । गत मंसीर २८ गते देखी पुष ८ गते सम्म प्रहरीले ६९ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रहरीले आज थप बिभिन्न मुद्धामा फरार रहेका ९ जना अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५६ सालदेखि २०७६ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका वैदेशिक रोजगार ठगी मुद्धाका १ जना, कुटपिट मुद्धाका ३ जना, गाली बेईजती मुद्धाका १ जना, जारी मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र नकवजनी चोरी मुद्धाका १ जना गरी जम्मा ९ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो
आज पक्राउ परेका मध्ये वैदेशिक रोजगार ठगी मुद्धाका १ जना अभियुक्तको ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरीवाना तोकिएका छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार ७ दिन देखि २ महिना ४ दिन सम्म कैद र १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरीवाना तोकिएको थियो । आज पक्राउ परेका ९ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ३ बर्ष ३ महिना ४ दिन कैद र ३ लाख १२ हजार ९ सय ९१ रुपैयाँ जरिवाना रहेको प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । पक्राउ गरीएका सबै ९ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै नवलपरासी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।