
पुष ७, कावासोती
वल्र्डलिंकको नवलपुर कावासोती क्षेत्रमाभने केहि दिन देखि इन्टरनेटमा धेरै समस्या देखिको छ । सेवाग्राही प्रभाभीतभई रहेको गुनासो आईरहदा वल्र्डलिंकको कावासोती शाखाले विगतका दिनहरुमा जस्तै दैनिक जस्तो फाईवर केवल काट्ने, पोलहरुमा राखेको सामान चोरी गर्ने क्षतीगर्ने जस्ता अपराधिक कार्य भईरहेको कावासोती शाखाले जनाएको छ ।
सेवा क्षेत्र अन्र्तगत विशेषगरी दुम्किबासको जंगल र पुल क्षेत्र, अरुणखोला, चोरमारा पुल, डण्डामा तार काटदिने, पोलमा राखेका सामानमा क्षेती पु¥याउने,फुटाईदिने गरिएको जनाएको छ ।
इन्टरनेट सेवा प्रदान गर्न आवश्यक तार र अन्य सामानमा क्षेती पु¥याउदा सेवा प्रवाहमा समस्या आएको वल्र्डलिंक कावासोती शाखाले जनाएको छ । तार र अन्य सामानमा क्षेती पुग्दा २ दिन सेवा पुर्ण रुपमा अवरुध भएको कार्यालयले जनाएको छ ।
वल्र्डलिंक व्यावसायीक प्रतिस्पर्दा गर्न अपराधिक बाटो प्रयोग गरेको र कम्पनीको ब्राण्ड खराब गर्न खोजिरहेको भन्दै जिल्ला प्रहरी कायालर्यमा उजुरी समेत दिएको छ ।
वल्र्डलिंकले यस्ता अपराधिक कार्यमा संलग्नलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै उजुरी दिएको जनाएको छ । कम्पनीले सेवा अवरुद्ध गर्न गरीने अपराधिक क्रियाकलाप गर्ने व्याक्तिको पहिचान दिने व्याक्तिलाई पुरस्कारको समेत व्यावस्या गरीएको र जानकारी दिने व्यक्तिको नाम गोप्य राखीने समेत जनाएको छ ।