घरHeadlineआजको राशिफल , पुस ४–१०, २०७८

आजको राशिफल , पुस ४–१०, २०७८

उपप्रा। लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य० ९८४१३५२१६४
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। विद्यार्थीहरूका लागि सप्ताहान्त विशेष फलदायी रहनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा सुरुको प्रयत्नले साताभरि फाइदा दिलाउनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अग्रजहरूको सहयोग जुट्नेछ। पुरुषार्थी कामले ख्याति दिलाउन सक्छ। बिहीवारपछि भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थिति केही असहज बन्न सक्छ, अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा रमाइलो भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। मंगलवारदेखि चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनको कमीले समस्या पर्न सक्छ। बिहीवारपछि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने अवस्था आउन सक्छ। अर्थ अभाव देखिए पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। पछिका लागि लगानी गर्ने समय छ। मंगलवारदेखि आर्थिक स्थितिमा सुधार आउनेछ। केही उल्झन र अस्वस्थताले समस्या पर्ला। नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूलाई समय दिँदैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउलान्। तापनि सप्ताहान्तमा धनलाभ हुने सम्भावना छ। स्रोत–साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा पूरा रकम नउठ्नाले सोचेको आम्दानी नहुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। तापनि आंशिक फाइदा हुनेछ। होस नपुर्याउँदा धन बाहिरिने सम्भावना छ। मंगलवारदेखि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किन सक्छ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बिहीवारपछि साथीभाइको सहयोग जुट्नेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। रमाइलो पारिवारिक भेटघाट हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सोखले खर्च बढाउन सक्छ। घरको साज–सज्जा, सवारी आदिमा पनि खर्च बढ्नेछ। तर मिहिनेतीहरूका लागि लक्ष्मीको कृपा प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनुका साथै व्यवसायमा प्रगति हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने सञ्चित कर्मफल प्राप्त हुनेछ। बिहीवारपछि कामविशेषका लागि धेरै रकम जुटाउनुपर्ने परिस्थिति आउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ, कर्म गर्न तत्पर रहनुहोला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। कर्मयोगद्वारा विभिन्न अवसर जुटाउन सफल भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै आयस्रोत बढाउन सफल भइनेछ। सानो प्रयासले उत्साह जगाउनेछ। नाम, दाम र इनाम हातपार्ने समय छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मंगलवारदेखि केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। बिहीवारपछि स्थिति अनुकूल बन्नेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अध्ययनमा पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा काममा होसियार रहनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। मन मिल्ने साथी भेटिनाले प्रेमको गाँठो कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्य कमजोर बन्नुका साथै काम बिग्रने भयले सताउनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा बौद्धिक काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ भने रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। पुरुषार्थी काम गर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। सप्ताहान्तमा भने पारिवारिक समस्याले पिरोल्न सक्छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घरेलु काममा अलमलिनुपरे पनि घरमै आयस्रोत फेला पर्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढिएका आफन्त नजिकिनेछन् र बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। रोकिएका काम सम्पादन गर्न सकिनेछ। ईर्ष्या गर्नेहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। आँटले नयाँ काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया