घरHeadlineएमाले नवलपुरले जिल्ला अधिवेशन सम्पन्न गर्न १३ वटा उप समिति

एमाले नवलपुरले जिल्ला अधिवेशन सम्पन्न गर्न १३ वटा उप समिति

पुष ६, कावासोती
नेकपा एमालेको पुष २३ गते जिल्ला अधिवेशन तय भए सगै अधिवेशनको तयारी तिब्र पार्न थालीएको छ । सोमबार सम्पन्न जिल्ला बैठकले पुष २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरे सगै आज सम्पन्न सचिवालय बैठकले अधिवेशन मुल आयोजक कमिटि सहीत १३ बटा उप समिति गठन गरेको छ ।
अधिवेशन मुल व्याववस्थापन समितिको संयोजकमा जिल्ला अध्यक्ष रोशन बहादुर गाहा रहनुभएको छ । त्यस्तै उप समितिहरुमा राजनैतिक तथा सागठनीक प्रतिवेदन लेख समिति संयोजक रोशन वहादुर गाहा , आर्थिक प्रतिवेदन लेखन कमिटी संयोजक नारायण प्रसाद तिमल्सीना, प्रतिनिधि व्यवस्थापन समिति संयोजक मुक्तिराम पाण्डे, प्रचार प्रचार समिति संयोजक यमुनाथ आचार्य, आर्थिक संयोजक छत्रराज पौडेल, मंच व्यावस्थापन संयोजक भीमलाल कण्डेल, खाद्य तथा आवास संयोजक भिमलाल अधिकारी, जन सास्कृतिक संयोजक रोशन थापा, अतिथी सत्कार संयोजक सीता पंगेनी, स्वास्थ्य संयोजक सीता खड्का, स्वयम् सेवक परीचाल संयोजक जीवन श्रेष्ठ रहनु भएको छ । बैठकले आगामी पुष ११ गते भित्र सबै उप समितिको बैठक बसी कार्य योजनाका साथ लाग्ने समेत निर्णय गरेको एमाले जिल्ला सचिब जीवन श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार सम्पन्न बैठकले जिल्ला अधिवेशनका लागी प्रतिनिधी छनौट मापदण्ड समेत तयार गरी सकेको छ । प्रतिनिधी छनौट मापदण्ड अनुसार खुल्ला र महिलाका लागी प्रत्येक वडाबाट प्रतिनिधि छनौट गर्ने भएको छ । जिल्ला भर एकै साथ पुष १७ गते सनिबार प्रतिनिधी छनौट गर्ने निर्णय गरेको छ । प्रतिनिधी छनौट गर्दा प्रत्येक वडा बाट छनौट गरीने भएको छ भने दलित उत्पीडितका लागी पालिकालाई भुगोलको रुपमा लिईएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया