घरHeadlineढल व्यावस्थापनको नाममा लथालिङ्ग, बजार नै दुर्गन्धित

ढल व्यावस्थापनको नाममा लथालिङ्ग, बजार नै दुर्गन्धित

मंसिर २८, कावासोती
ढल व्यावस्थापनको नाममा करीव १ महिना पहिला निकालीएको हेमपाईप पुन व्यावस्थापन गरी ढलको निकास नगरीदिदा कावासाती – २ , इन्द्र चोक दुर्गन्धित बन्नुको साथै सेवाग्राहीहरुले समेत सास्ती व्यहोर्न परेको छ । कावासोती बजारको केन्द्रमा रहेको इन्द्रचोकमा ढल व्यावस्थापनको नाममा हेमपाईप निकालर लथालिङ्ग छोडीएको छ । नगरपालीकाले मुख्य राजमार्गको फोहोर बग्ने मुख्य ढलको हेमपाईप निकालेर समयमा निमार्ण नगरी दिदा सेवाग्राही , विद्यार्थी र व्यावसायीमा असर गरेको छ ।
कावासोती नगरपालिकाका अधिकाशं नगरवासीहरु इन्द्रचोक हुदै बिद्युत कार्यालय, खानेपानी कार्यालय र नगरपालिका खाउजाउ गर्ने गर्दछन । कार्यलयमा सेवा लिन आउने सेवाग्राही मात्र हैन जिल्लाकै जेठो क्याम्पस कुमारवर्ती क्याम्पस पढ्न आउने १ हजार भन्दा बढी विद्यार्थी सोही बाटो हुदै कलेज आउनु पर्ने भए पनी ढल निकास व्यावस्थापन नगरी हेमपाईप बाहिर निकालेर फालीदिदा जमेको पानी दृर्गन्धित बन्दा सेवाग्राही र विद्यार्थी नाक छोपेर दौडने गरेको समिर फोटो स्टुडियोका संचालक सागर क्षेत्रीले बताउनु भयो । क्षेत्रीका अनुसार स्टुडियो अगाडी नै रहेको ढलको निकासको व्यावस्थापन नगरीदिदा व्यावसायमा समेत असर गरेको र आफु समेत स्टुडियोमा बस्न नसक्ने गरी दुर्गन्धित भएको बताउनु भयो ।
कावासोती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मी पौडेलले पुर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ बुटबल सडक खण्ड विस्तारको क्रममा रहेकोले उक्त सडक निर्माण कम्पनीले नै ढल निर्माण र सडक विस्तार गर्ने बताउनु भयो । तर वडा अध्यक्ष पौडेलले भने वडा कार्यालयलेनै निकालेको ढलको हेमपाईप व्यावस्थापन गर्न गर्ने योजना नरहेको र सडक निर्माण कम्पनीले नै व्यावस्थापन गर्नेुपर्ने बताउनु भयो । तर व्यावस्थापन कहीले सम्म हुन्छ भन्ने तर्फ भने एकिन गर्न सक्नुभएन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया