घरHeadlineत्रिभुवन बाल मा.वि.को दुई दिने शौक्षिक मेला सम्पन्न , १५ हजार विद्यार्थीद्धार...

त्रिभुवन बाल मा.वि.को दुई दिने शौक्षिक मेला सम्पन्न , १५ हजार विद्यार्थीद्धार अवलोकन

मंसिर २६,कावासोती
कावासोती १७ मा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालय विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस र २ दिने शौक्षिक मेला आज सम्पन्न भएको छ । २ दिन सम्म चलेको शौक्षिक मेला तथा बार्षिक उत्सव र विद्यालय हाता भित्र नव निर्मित भुकम्प प्रतिरोधात्मक ४ कोठे भवनको कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले आज एक कार्यक्रमका बिच समुद्धाटन गर्नुभएको थियो ।
सनिबार देखी शुरु भएको शौक्षिक मेलामो बिद्यार्थीद्धारा निर्मित वैज्ञानीक आविस्कार, बिषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरीएको थियो । शैक्षिक मेलामा सामाजिक , नेपाली , बिज्ञान, अग्रेजि र बिज्ञान भिन्न भिन्न प्रर्दशनी राखीने भएको छ । मेलामा सोही विद्यालयमा अध्यनरत बिद्याथीले तयार पारीएको ड्रोनको प्रद्र्शनी गरीनुको साथै ड्रोनबाट पुष्पबृष्टि गरी बार्षिक उत्सवको समुद्धाटन समेत गरीएको थियो ।
द्युइृ दिन सम्म चलेको शौक्षिक प्रदशनी तथा मेलामा नवलपुर जिल्ला भित्र रहेका व्रिद्यालयका साथै छिमेकी जिल्लाहरु पश्चिम नवलपरासी, चितवन, तनहुँ, धादिङ लगाएका जिल्लाबाट विद्यालयबाट विद्याथीहरु सहभागी भएको विद्यालयका प्रअ दिपकनाथ घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार शौक्षिक प्रर्दशनि तथा मेलामा १५ हजार विद्यार्थीले अवलोकन गरेको जानकारी दिनु भयो ।
शेक्षीक प्रद्धर्शनि एवम् मेलामा बिषयगत ५ स्टल, मन्टेश्वरीको ३, आई एस ए को १ र घर घर मा करेशाबारि, खाने आफ्नै तरकारि भन्ने अवधारण अनुरुप बिद्याथीलेनै करेशाबारी निर्माण गरी उत्पादीत तरकारीको १ गरी १० बटा स्टल रहेका थिए । शौक्षिक मेला एवम् प्रदर्शनि तथा विद्यालयको ५३ औं बार्षिकोत्सव समारोह विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चुरामणी थनेतको अध्यक्षतामा सम्पन्न भएको थियो । मेलामा विभिन्न विद्यालयका प्रअ, राष्ट्रिय स्तरका कलाकर , बलराम सरकार जादुगर सहित विविध साँस्कृतिक नृत्य, झाँकी, सडक नाटक समेत प्रस्तुत गरीएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया