घरHeadlineएकता सामुदायिक वनको साधरण सभा सम्पन्न

एकता सामुदायिक वनको साधरण सभा सम्पन्न


देवचुली, एलिना केसी
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ मा रहेको एकता सामुदायिक वनको १६ औँ साधरण सभा सम्पन्न भएको छ । शुक्रबार सामुदायिक वनको कार्यालय परिसरमा एकता सामुदायिक वनका अध्यक्ष हुमकान्त सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवचुली वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय देवचुली बुलिङटारका प्रमुख ज्योति प्रसाद कोईराला, सामुदायिक वन महासंघ देवचुली नगरका अध्यक्ष कमल प्रसाद बाचे, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन लेखा संयोजक डोलनाथ सुवेदीले प्रस्तुत गर्नुभएको थियो । सुवेदीका अनुसार वन समूहले आर्थिक बर्ष २०७७/०७८ मा ५ लाख ७ हजार ६ सय ५ रुपैंया जम्मा खर्च गरेको र समूहको आम्दानी जम्मा २ लाख ७७ हजार २ सय ६२ रुपैंया रहेको बताउनुभयो । वन समूह २ लाख ५० हजार ३ सय ४३ रुपैंया घाटामा रहेको छ ।
 एकता सामुदायिक वनले सुरुवाती दिनमा दुःख र मेहेनत नगरेको भए अहिले उपभोक्ताहरु घाँस दाउराबाट बन्चित हुनुपर्ने अवस्था आउने कार्यक्रममा प्रमुख अतिथी रहनुभएका वडा नं ११ का वडाध्यक्ष ठाडाले बताउनुभयो । साथै उहाँले मानव जीवनमा वनको महत्व/जीवन रहेसम्म र जीवन पर्यन्त पनि उत्तिकै रहेकाले वनको संरक्षण र सम्वद्र्धन सबैको साझा दायित्व रहेको बताउनुभएको थियो ।
 कार्यक्रममा वनका अध्यक्ष सुवेदीले २०७७/०७८ मा गरिएका मुख्या क्रियाकलापका विषयमा प्रकाश पार्दै २०७८/०७९ मा भावी योजनाका विषयमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एकता सामुदायिक वन उपभोक्ता समूहका निर्वाचन समितिका ५ जना सदस्यहरु र १ जना उत्कृष्ट उपभोक्ता किसानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वनका सचिव गीता सुवेदी सचिवले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण वनका कोषाध्यक्ष डम्बर बहादुर सिंजालीले गर्नुभएको थियो । 

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया