घरHeadlineनवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतीमा भट्टचन बिजयी

नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतीमा भट्टचन बिजयी

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतीमा अमृत भट्टचन बिजयी भएका छन् ।
भट्टचनले आफ्ना निकटतम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीलाई २२३ मतान्तरले पराजित गरेका हुन् ।
कुल १ हजार १ सय ५१ मत खसेकोमा भट्टचनले ६ सय ७० मत र पराजुलीले ४ सय ४७ मत प्राप्त गरेका थिए।ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।काङ्ग्रेस नेता रामचन्द्र पौडेलरमहेन्द्रध्वज जि.सी. प्यानलबाट उम्मेद्वारी दिएका भट्टचनले शशांक-देउवा निकट मानिएका पराजुलीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा क्षेत्र नं १ को नेपाली काङ्ग्रेसको बागडोर सम्हाल्न सफल भएका हुन् । बिजयी भएपश्चात प्रतिक्रिया दिंदै भट्टचनले भने(गुट उपगुट भन्दा माथी उठेर काङ्ग्रेसजनको हितमा काम गरेकाले नै आफ्नो जित सुनिश्चित भएको हो। निर्वाचनको मत परिणाममा पराजित भएका साथीहरुलाई पनि संगै लिएर अगाडी बढ्ने भट्टचनले बताए।
क्षेत्र नं १ को सचिवमा भट्टचन प्यानलका शालिकराम सापकोटा र पराजुली प्यानलका अमृत श्रेष्ठ बिजयी भए। सापकोटाले ५ सय ६४ र श्रेष्ठले ५ सय ८७ मत प्राप्त गरे । यसैगरी सह(सचिवमा टिकाराम सापकोटा र तेजप्रसाद घिमिरेले बाजी मारे। सापकोटाले ५ सय ८३ र घिमिरेले ५ सय ८० मत ल्याएर जीत सुनिश्चित गरे।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया