घरHeadlineराजनीतिक गतिविधिको लागि क्याम्पस बिदा

राजनीतिक गतिविधिको लागि क्याम्पस बिदा

राजनीतिक गतिविधिको लागि क्याम्पस बिदा गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीको बिरोध चोरमारा । क्याम्पसको पठनपाठन बन्द गरेर पार्टीको क्षेत्रीय अधिवेशन गर्न लागेको भन्दै अनेरास्ववियु नबजागरण बहुमुखी क्याम्पस कमिटीले बिरोध जनाएको छ । नेपाली कांग्रेसको १४ अौं महाधिवेशन अन्तर्गत मध्यविन्दु -७ चोरमारामा रहेको नबजागरण बहुमुखी क्याम्पसलाई मंगलबार नवलपुर क्षेत्र नं. २ को मतदान केन्द्र तोकिएको छ । पूर्व सुचना बिना क्याम्पसलाई राजनीतिक कार्यक्रमको लागि अनुमति दिदा विद्यार्थीको शैक्षिक अधिकार हनन भएको भन्दै अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष आदेश ज्ञवाली र सचिव शिशिर न्यौपानेले विज्ञप्ति मार्फत बिरोध जनाउनु भएको छ। कोभिड-१९ बाट प्रभावित शिक्षा क्षेत्रमा राजनीतिक दलको कार्यक्रमको लागि बिदा दिने कार्य निन्दनीय भएको भन्दै विज्ञप्ति मार्फत अनेरास्ववियुले क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्षको राजिनामा समेत माग गरेको छ । उता क्याम्पस प्रशासनले भने क्याम्पसले प्रदान गर्ने जाडो बिदा मार्फत कटौती गर्नेगरी मंगलबारको लागि बिदा दिएको जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया