मंसिर ०६, कावासोती
नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा गैडाकोट नगरपालिकालाई दुलही झै सिगारीने भएको छ । मंसिर १० गते देखी चितवनमा शुरु हुने एमालेको दशौ महाधिबेशमा आउने अतिथी, प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुकको स्वागतका लागी गैडाकोट नगरपालिका भित्रका ७ स्थानमा स्वागत गेट निर्मााण गरीने भएको छ । सम्मेलन प्रवेशद्धार भन्दा ३ किलो मिटर पश्चिम (थुम्सी) देखी सडकका दुबै किनारमा तोरड र झण्डा राखीने भएको छ । पुर्व पश्चिम राजमार्ग र भित्री मुख्य चोकहरुमा हरेक ५०÷५० मिटरको फरकमा स्वागतका लागी थुम्सी देखी नारायण्ी पुल सम्म घडा राखीने नवलपुर एमाले दशौ महाधिवेशन प्रचार प्रसार समिति संयोजक यमुनाथ आचार्यले बताउनु भयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय अधिबशनलाई केन्द्रित गरी आज गैडाकोट नगरपालिका कमिटिको बैठक समेत सम्पन्न भएको छ । बैठकले दशौ महाधिवेशनमा २० हजार मानिस उर्तार्ने निर्णय गरेको अध्यक्ष षडान्नद लामिछानेले बताउनु भयो ।
दशौं राष्ट्रिय अधिवेशन उद्धाटन स्थल सगै जोडीएको छिमेकि जिल्लाको छिमेकी पालिका समेत रहेकोले गैडाकोट नगरपालिकाबाट पार्टी संगठित सदस्य, शुभचिन्तक तथा शुभेच्छुकलाई निमन्त्रण पत्र मार्फत घर दैलोमै पुगी निमन्त्रणा गरी न्युनतम २० हजार मानिस सम्मेलन स्थलमा उतार्ने निर्णय गरेको गैडाकोट नगरपालिका कमिटि अध्यक्ष लामिछानेले बताउनु भयो ।
दशौं राष्ट्रिय अधिबशन स्थल नेपालकै मध्यभागमा रहेको र उद्धाटन शत्रमा नेपालको पश्चिम भुगोलबाट आउने बसहरुलाई पार्किङको व्यावस्थापन गर्न बन्द रहेको भिकृटी कागज कारखाना, जनक मा.वि., नारायणी नदी तटमा पार्किङको व्यावस्थापन गर्ने समेत निर्णय गरेको अध्यक्ष लामिछानेले बताउनु भयो ।
बैठकले दशौ महाधिबेशनको कार्यलाई व्यवस्थित गर्न नगर अध्यक्ष षडान्नद लामिछानेको संयोजकत्वमा ९ सदस्य सचिवालय समेत गठन गरेको छ । सचिवालयमा गैडाकोट नगरपालिका कमिटिका पदाधिकारी, अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघलाई समेत समावेस गरीएको कमिटिका सचिब जग्गनाथ पौडेलले जानकारी दिनुभयो ।